Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कतारी राजा अमिर नेपालमा, भ्रमण फलदायी हुने अपेक्षा, दुई देशको सम्बन्ध करिब ४७ वर्षयता निरन्तर (खासखबर)

कतारी राजा अमिर नेपालमा, भ्रमण फलदायी हुने अपेक्षा, दुई देशको सम्बन्ध करिब ४७ वर्षयता निरन्तर (खासखबर)

  • मंगलवार, बैशाख ११ २०८१

  • 519
    SHARES

  • कतारी राजा अमिर नेपालमा, भ्रमण फलदायी हुने अपेक्षा, दुई देशको सम्बन्ध करिब ४७ वर्षयता निरन्तर (खासखबर)

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा हुनुहुन्छ । नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएको अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।

    नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।

    परराष्ट्रविद् हेमराज कार्कीका अनुसार नेपालका तर्फबाट कतारका लागि धेरै भ्रमण भएपनि उताबाट भएको यो उच्चस्तरीय भ्रमण भने पहिलोपटक हो । यसले दुई देशबीचको द्वौत्य सम्बन्धलाई थप मजबुद बनाउने छ । नेपाल र कतार दुवै संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्र र असंलग्न आन्दोलनका पक्षधर हुन्।

    शान्ति, सुरक्षा तथा विकासका क्षेत्रमा सहकार्यका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरुमा यी दुवै राष्ट्रहरु सदस्यका रुपमा छन्। तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको भ्रमणका क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो ।

    अहिलेको अवस्थामा त्यहीँ सम्झौतालाई थप परिष्कृत गर्दै कतारमा अभाव हुने तरकारीका लागि नेपालमा हब बनाउने गरी सरकारले डिल गर्नुपर्ने धार्मिक एवं सामाजिक अभियन्ता पुष्पराज पुरुषको तर्क रहेको छ ।

    राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा भइरहेको भ्रमणले लगानीलाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले विभिन्न सन्धि सम्झौतामा समेत हस्ताक्षर हुने बताउनुभयो ।

    कतार बेलायतबाट सन् १९७१ मा स्वतन्त्र भएको मुलुक हो। स्वतन्त्र हुनुअघि कतारले आफ्नो अस्थायी संविधान लागू गरिरहेकामा औपनिवेशिक स्वतन्त्रतापछि उक्त संविधानलाई थप संशोधन र परिस्कृत गरी कार्यान्वयनमा ल्याएको थियो ।

    कतार प्रतिव्यक्ति आय बढी भएका मुलुकको शीर्ष स्थानमै पर्दछ । कतारको प्रतिव्यक्ति औसत आय अमेरिकी डलर एक लाख १४ हजार हाराहारी छ । नेपालले पनि कतारबाट लिन सकिने फाइदाहरुमा बढी हुनुपर्ने देखिन्छ ।


    मंगलवार, बैशाख ११ २०८१०८:०५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij