काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नै नेताहरुलाई धमाधम थुन्ने गरेकाहरुले आफूलाई नछोड्ने आशंका व्यक्त गर्नुभएको छ।
आज इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहनुभएका गृहमन्त्री लामिछानेले कांग्रेस सरकारमा हुँदा आफ्नै पार्टीका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको प्रसंग निकाल्दै आफूलाई नछाड्ने आशंका व्यक्त गर्नुभएको हो।
उहाँले भन्नुभयो, “आफ्नै नेता थुन्नेले मलाई छोड्लान् र? म भन्छु सके थुन्नुस्। सरकार अंकगणितको खेल हो, सरकारमा आएर पहिलो निर्णय मलाई थुन्ने निर्णय गरे हुन्छ । म डराएको छैन।”
उहाँले मिति मात्र लेख्न मिल्ने गरेर राजीनामा पत्र झोलामा बोकेर हिँडेकोले सरकारमा काम गर्न नपाए र नसके टाँसिएर नबस्ने बताउनु भयो। उहाँले परिवर्तन गर्न आँफु तयार भएकोले प्रधानमन्त्रीले गलत्याएर निकाल्न नपर्ने गरी आँफै निस्कीने बताउनु भयो।