Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड भेट्न ओली सुटुक्क सिंहदरबारमा

प्रचण्ड भेट्न ओली सुटुक्क सिंहदरबारमा

  • मंगलवार, बैशाख ११ २०८१

  • 1.3K
    SHARES

  • प्रचण्ड भेट्न ओली सुटुक्क सिंहदरबारमा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नु भएको छ।प्रचण्डलाई भेट्न ओली केही बेरअघि सिंहदरबारमा छिर्नुभएको हो। उहाँहरुबिच अहिले भेटघाट जारी छ ।

    भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि सत्तागठबन्धन घटक दलका नेताको असन्तुष्टिको विषयमा छलफल केन्द्रित भएको स्रोतले बताएको छ ।

    गठबन्धनमा सामेल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले सहज महसुस नगरेको भन्दै गठबन्धन टिक्नेमै आशंका व्यक्त गरिरहेको बताउनुभएको छ ।

    यस्तै, भेटमा सरकारले ल्याउन आगामी वर्षको बजेट साथै नीति तथा कार्यक्रमको विषयमा पनि छलफल हुने स्रोतले बताएको छ। सरकारले संघीय ससंद्को बजेट अधिवेशन बोलाउने तयारी पनि गरेको छ। यसबारे पनि आजको छलफल केन्द्रित छ।


    मंगलवार, बैशाख ११ २०८१०३:३६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij