Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

नेकपा स्थापनाको ७५औं वर्ष पुरा,एमालेको हीरक महोत्सवमा कम्युनिष्टहरु मिल्नुपर्ने आवाज, कांग्रेसमाथि प्रहार भएपछि देउवा आक्रामक(खासखबर)

नेकपा स्थापनाको ७५औं वर्ष पुरा,एमालेको हीरक महोत्सवमा कम्युनिष्टहरु मिल्नुपर्ने आवाज, कांग्रेसमाथि प्रहार भएपछि देउवा आक्रामक(खासखबर)

  • सोमवार, बैशाख १० २०८१

  • 589
    SHARES

  • नेकपा स्थापनाको ७५औं वर्ष पुरा,एमालेको हीरक महोत्सवमा कम्युनिष्टहरु मिल्नुपर्ने आवाज, कांग्रेसमाथि प्रहार भएपछि देउवा आक्रामक(खासखबर)

    काठमाडौं। नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा एमालेले हीरक महोत्सव मनाएको छ।महोत्सवमा कम्युनिष्टहरुको स्थापनादेखि टुटफुटसम्मका विषयमा नेताहरु बोलेका थिए। मुलुकमा विद्यमान सबै राजनीतिक दलहरुलाई एमालेले निम्तो दिएको थियो।

    २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले वैशाख १० गते हीरक जयन्ती मनाउँदै आइरहेको छ।२०६४ र २०७४ सालमा करिब २ तिहाइ बहुमतमा पुगेका नेपालका कम्युनिष्ट पार्टी पछिल्लो पटक सामान्य बहुमतमा पनि छैनन् र यात्रा ओरालोजस्तै देखिन्छ। वर्तमान अवस्थामा पनि कम्युनिष्टहरु छिन्नभिन्नको अवस्थामा देखिएका छन्।

    आज गोदावरीमा मनाइएको हीरक महोत्सवमा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग एकपटक आक्रामक समेत बन्नुभयो। कांग्रेसलाई एमालेले तारन्तार गाली गरिरहेको भन्दै उहाँले मदन भण्डारीको हत्यारा पत्ता लगाउन चुनौति दिनुभएको थियो।

    नेकपा एमाले अहिलेको परिवर्तनबाट सन्तुष्ट देखिएको छ।अबको यात्रा उज्यालोतर्फ रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले अबको यात्रा समाजवादको रहेको बताउनुभयो। उहाँले १०० वर्षमा हीरक महोत्सव मनाउँदै गर्दा समाजवाद झल्किने उहाँको दाबी थियो। अहिलेको युवापुस्ताले पनि परिवर्तनलाई अंगिकार गरिरहेको ओलीको भनाइ छ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुमा आपसी समझदारी बन्न नसक्दा ३० वर्षसम्म निरंकुश तानाशाही तन्त्रको सामना गर्नुपरेको स्मरण गर्नुभयो।२०४६ सालको परिवर्तन हुँदै २०५२ सालबाट शुरु भएको सशस्त्रद्वन्द्वले मुलुकमा आम परिवर्तन ल्याएकोले यसलाई संस्थागत गर्न सक्नुपर्ने उहाँको भनाइ थियो।

    नेपालमा अस्तित्वमा रहेका कम्युनिष्ट पार्टीहरुमध्ये पुष्पलालपछिको झापा क्रान्तिको धारमा एमाले, नेकपा एस, सीपी मैनाली नेतृत्वको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेकपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको अस्तित्व छ।

    चौथो महाधिवेशन धार नै समय क्रममा प्रचण्ड नेतृत्वको माओवादी जनयुद्ध र मोहनविक्रम नेतृत्वको नेकपा मसाललगायत हुन्। नारायणमान बिजुक्छें नेतृत्वको नेपाल मजदुर किसान पार्टीको आफ्नै धार निरन्तर चलिरहेको छ भने नेकपा संयुक्त, नेकपा मार्क्सवादी जस्ता साइनबोर्डमात्र भएका कम्युनिष्ट पार्टीहरु केशरजंग रायमाझी धारबाट बाहिरिएर फरक धारको नेतृत्व गर्दै आएकाहरु हुन्।


    सोमवार, बैशाख १० २०८१०८:०३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij