काठमाडौं। सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ। भोली कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट भोली सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउने र उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम छ।