Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सत्तासमिकरणका सवालमा एमाले नरम, प्रतिपक्षीको संवाहक बन्ने कांग्रेसको दाबी,ठूला दलहरुनै उथलपुथलको जिम्मेवार (खासखबर)

सत्तासमिकरणका सवालमा एमाले नरम, प्रतिपक्षीको संवाहक बन्ने कांग्रेसको दाबी,ठूला दलहरुनै उथलपुथलको जिम्मेवार (खासखबर)

  • आइतवार, बैशाख ९ २०८१

  • 1.3K
    SHARES

  • सत्तासमिकरणका सवालमा एमाले नरम, प्रतिपक्षीको संवाहक बन्ने कांग्रेसको दाबी,ठूला दलहरुनै उथलपुथलको जिम्मेवार (खासखबर)

    काठमाडौं। नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा सत्तासाझेदार दलहरुबारे नरम नीति अबलम्वन गरिएको छ। बैठकमा प्रस्तुत भएका प्रतिवेदनहरुमा माओवादी लगायतका पार्टीहरुलाई कटाक्ष गर्ने खाले शब्दावलीहरु प्रयोग गरिएका छैनन्।

    अहिलेको समिकरणलाई थप मजबुद बनाएर लैजाने नीतिमा एमाले सकारात्मक देखिन्छ। बेलाबेला आइरहने खटपटलाई संवादमा परिणत गरेर नेताहरु अगाडि बढिरहेका छन्। कतिपयले यो समिकरणलाई बामएकताको पूर्वसन्ध्याका रुपमा विश्लेषण गरेका छन् भने स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल बामएकता सम्भव नरहेको बताइसक्नुभएको छ।

    एमाले गठबन्धनप्रति नरम बन्नुमा यो समिकरणलाई बलियो बनाएर लैजाने रणनीति रहेको नेता सूर्य थापाको भनाइ छ। अहिले आलोचना, कटाक्षको आवश्यकता नरहेको उहाँको भनाइ छ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ता गठबन्धनप्रति आलोचनात्मक रुपमा प्रस्तुत भएको छ। सत्ताबाट बाहिरिनुपर्दा र सरकारकै मन्त्री विभिन्न मुद्धामा मुछिदाँ कांग्रेस आक्रामक बनेको हो। अहिलेको अवस्थामा कांग्रेस बलियो प्रतिपक्षी र आफ्नो सरकारका भएका ठाउँमा जिम्मेवार भएर काम गरिरहेको सहमहामन्त्री बद्री पाण्डेको भनाइ छ।

    सरकार बनेको छोटो समयमै ढल्ने, फेरि बन्ने प्रवृत्तिले राजनीतिक स्थायित्वलाई भने च्यालेञ्ज गरिरहेको छ। सरकार अस्थिर बन्ने मूलकारण ठूला राजनीतिक दलहरुनै रहेको नेकपा एमालेका नेता डा.भीम रावलको दाबी छ।पछिल्लो समय पार्टीबाट उपेक्षामा परेका डा.रावलले समग्र मुलुकको अवस्थाका विषयमा खरो रुपमा बोलिरहनुभएको छ। राजनीतिक बेइमानी ठूला दलका ठूला भनिएका नेताहरुबाटै भइरहेको उहाँको भनाइ छ।

    एमालेको नरम नीतिले प्रचण्डको उथलपुथललाई कति समयसम्म काबुमा राख्न सक्छ, अहिले भन्न सकिने अवस्था छैन। पछिल्लो घटनाक्रम हेर्दा सत्ता टिकाउने कसरत मात्रै भएको देखिन्छ। दलहरुप्रतिको तीब्र वितृष्णाका बीच नयाँ आएका पार्टी नेताका समेत विभिन्न काण्डहरु बाहिरिँदा यो समिकरणको आयू त्यसै भन्न सकिन्न ।।


    आइतवार, बैशाख ९ २०८१०८:०३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij