Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी

सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी

  • आइतवार, बैशाख ९ २०८१

  • 445
    SHARES

  • सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी

    काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताउनुभएको छ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो।

    पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई सबैले उच्च श्रद्धा गर्ने राष्ट्रको नेता भएको बताउँदै मन्त्री चौधरीले त्यागी नेता भट्टराईलाई विवादमा नल्याई यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले कुनै पक्षधरता नलीइ सत्य तथ्यको आधारमा महासङ्घका संस्थापक अध्यक्षको विषयलाई टुङ्ग्याउनुपर्ने धारणा राख्नुभयो। उहाँले पत्रकारहरूको साझा संस्थाको संस्थापक जस्तो गरिमामय विषयमा पक्षधरता लिएर विवाद गरेर समाधान नहुने भएकाले पक्षधरता छोडेर तटस्थ भएर छानबिन र अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो।

    437252109_1740160156512198_4299315663860414996_n.jpg

    फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट फोनिजका पूर्व संघीय उपाध्यक्ष दिपिन राईलाई तथा फोनिज युके पत्रकारिता पुरस्कारबाट इच्छाकामना एफएम चितवनमा कार्यरत पत्रकार संगीता चेपाङलाई पुरस्कृत गरिएको थियो। फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा राना मगरले जानकारी दिनुभएको थियो ।

    त्यस अवसरमा फोनिजका सल्लाहकार मनोज घर्ती मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर, समाजवादी प्रेस संगठनका उपाध्यक्ष अस्मिता गिरी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले अग्रजको सम्मान गर्दै तथ्यका आधारमा पत्रकार महासंघको स्थापना सम्बन्धी विवादलाई टुंगो लगाउनुपर्ने बताउनुभएको थियो ।


    आइतवार, बैशाख ९ २०८१०६:५२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij