काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अकस्मात् अस्वस्थ हुनु भएको छ। हिजोदेखी गोदावरीमा सुरु भएको एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक जारी रहेको बेला अकस्मात ओली अस्वस्थ हुनु भएको हो।
सचिवालयका अनुसार ओलीलाई केहिदिन अघीदेखी रूखाखोकी लागेको थियो। आज थप समस्या आएपछी अहिले ओलीले निवासमै आराम गरिरहनु भएको छ। ओली अस्वस्थ भएपछि जारी बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहनु भएको छ ।