Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

एमालेको प्रतिनिधि परिषद् बैठकमा ६ प्रतिवेदन प्रस्तुत (पूर्णपाठसहित)

एमालेको प्रतिनिधि परिषद् बैठकमा ६ प्रतिवेदन प्रस्तुत (पूर्णपाठसहित)

  • शनिवार, बैशाख ८ २०८१

  • 610
    SHARES

  • एमालेको प्रतिनिधि परिषद् बैठकमा ६ प्रतिवेदन प्रस्तुत (पूर्णपाठसहित)
    काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा विभिन्न प्रतिवेदनहरू पेस भएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो।
     
    यस्तै अन्य विभिन्न आयोगका प्रतिवेदन पनि प्रस्तुत भएका छन् । केन्द्रीय लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोगले पनि प्रतिवेदन प्रस्तुत भएका छन् ।
     
    ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा भोलि आइतबारसम्म चल्ने उक्त बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी छन् । 
     
    आयोगका प्रतिवेदनबाहेक एमालेले पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको समीक्षा गर्ने, मिसन ग्रासरुट, मंसिरमा गरेको झुलाघाट चिवाभञ्याङ सङ्कल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्नेछ । 
     
    एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसर पारेर वैशाख १० गते हीरक महोत्सव मनाउन लागेको छ । 

    ६ प्रतिवेदनको पूर्णपाठ


    शनिवार, बैशाख ८ २०८१०३:५१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij