Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली बजारमा यो साता सुनको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा यो साता सुनको मूल्यमा सामान्य वृद्धि

  • शनिवार, बैशाख ८ २०८१

  • 1.2K
    SHARES

  • नेपाली बजारमा यो साता सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

    गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्ममा ३०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख ३९ हजार रुपैयाँ थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३९ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ । यो नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्य हो ।

    यसैगरी यो साता चाँदीको कारोबार मूल्य भने घटेको छ । यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । यससँगै यो साता चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार तोलामा १७ सय ५० रुपैयाँ कायम थियो ।


    शनिवार, बैशाख ८ २०८१०१:४८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij