Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सुरु

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सुरु

  • शनिवार, बैशाख ८ २०८१

  • 633
    SHARES

  • एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सुरु

    काठमाडौं। नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक सुरु भएको छ। ललितपुरको गोदावरी स्थीत सनराईज हलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गर्ने दृढता व्यक्त गर्नुभयो। आजको बैठकमा राजनीतिकसँगै, सांगठनिक र आयोगका प्रतिवेदन प्रस्तुत हुनेछ।

    प्रतिवेदन प्रस्तुत गरेपछि ६ वटा समूहमा विभाजन गरेर छलफल गरिने महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो।

    बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ । आजदेखी सुरु भएको बैठक भोलि सकिनेछ ।


    शनिवार, बैशाख ८ २०८१०१:१७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij