Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित

कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित

  • शुक्रवार, बैशाख ७ २०८१

  • 1.0K
    SHARES

  • कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित
    काठमाडौं । कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ ।
     
    उक्त प्रस्तावको पक्षमा ५२ सांसदले मत दिए  भने विपक्षमा रहेका प्रदेशसभा सांसदहरूले मत दिन चाहेनन् । ३ जना भने तटस्थ रहेका प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।
     
    एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की अल्पमतमा रहेकाले उहाँलाई विश्वासको मत लिन प्रदेशसभाले निर्देशन दिनुपर्ने लगायतका विभिन्न मागसहित संकल्प प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावलाई एमालेका किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका गणेश उप्रेतीले समर्थन गर्नुभएको थियो ।


    शुक्रवार, बैशाख ७ २०८१०४:०७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij