Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सुप्रिम सहकारी ठगी प्रकरण : ओमप्रकाश गुरुङ थुनामा र दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्न आदेश

सुप्रिम सहकारी ठगी प्रकरण : ओमप्रकाश गुरुङ थुनामा र दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्न आदेश

  • शुक्रवार, बैशाख ७ २०८१

  • 564
    SHARES

  • सुप्रिम सहकारी ठगी प्रकरण : ओमप्रकाश गुरुङ थुनामा र दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्न आदेश
    काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको  छ । न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले  बताउनुभयो । 
     
    सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा आज थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए । उनीहरूमध्ये गुरुङलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश  गरेको हो । 
     
    अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा  रिहा गर्न  आदेश  गरेको  छ । त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो । अदालतमा उपस्थित नभएका प्रतिवादीहरूका नाममा भने म्याद जारी गरिएको छ ।
     
    यस्तै कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ । सुप्रिम सहकारीमा रकम बचत गर्ने १८३१ जनाले आफूहरूको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । बचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन गरेको छ ।
     
     
     


    शुक्रवार, बैशाख ७ २०८१०४:००:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij