काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट प्रतिनिधि सभा समानुपातिक सांसद बन्नुभएकी हसिना खानले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
आज सभामुख देवराज घिमिरेले खानलाई सिंहदरबारमा आयोजित एक समारोहमा प्रतिनिधि सभा सदस्यको शपथ गराउनु भयो।
सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो। शर्माको चैत ४ गते निधन भएको थियो ।
जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत हुनु भएको थियो।