काठमाडौं । स्वर्गीय रामहरि श्रेष्ठकी पत्नी रमिला श्रेष्ठले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग भेट गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम मगर पक्राउ परेपछि आफूमाथि थ्रेट आएको भन्दै श्रेष्ठले गृहमन्त्रीसँग सुरक्षा मागेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
रामहरि श्रेष्ठको हत्या आरोपी खामलाई घटना भएको १६ वर्षपछि प्रहरीले पक्राउ गरेको थियो । खाम अहिले पुर्पक्षका लागी जिल्ला कारागार चितवनमा थुनामा छन् । भेटमा सुरक्षा व्यवस्थापन गरिने प्रतिबद्धता जनाउँदै गृहमन्त्री लामिछानेले मन्त्रालयमा निवेदन पेस गर्न आग्रह गर्नुभएको छ । मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट पार्नुभयो ।