काठमाडौं। निर्वाचन आयोगले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ र बझाङ १ क का लागी मतपत्र पठाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार मतपत्र आज बिहान पठाइएको हो।
जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापाखानामा छापिएका इलाम प्रतिनिधीसभा क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार र बझाङको प्रदेशसभा १ का लागि ६८ हजार मतपत्र पठाइएको पौडेलले बताउनुभयो।
मतपत्रको यो संख्या मतदाता सङ्ख्या भन्दा झन्डै १० प्रतिशत बढी हो। केही मतपत्रमा मसी लतपतिने, च्यातिने, बिग्रिने भएका कारण केही प्रतिशत बढी मात्रामा मतपत्र छपाई गरेर पठाईएको शर्माले जानकारी दिनुभयो।