Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछानेका सहकारीकाण्डले जनतामा शंका बढ्दै, सुप्रिम सहकारी पीडितले गरे प्रदर्शन, छानबिन समिति बनाउन दबाब बढ्दो(खासखबर)

गृहमन्त्री लामिछानेका सहकारीकाण्डले जनतामा शंका बढ्दै, सुप्रिम सहकारी पीडितले गरे प्रदर्शन, छानबिन समिति बनाउन दबाब बढ्दो(खासखबर)

  • मंगलवार, बैशाख ४ २०८१

  • 937
    SHARES

  • गृहमन्त्री लामिछानेका सहकारीकाण्डले जनतामा शंका बढ्दै, सुप्रिम सहकारी पीडितले गरे प्रदर्शन, छानबिन समिति बनाउन दबाब बढ्दो(खासखबर)

    काठमाडौं। भनिन्छ, मानिसको बाहिरी आवरणले धेरै कुरालाई प्रतिबिम्बित गर्दछ, तर धेरै व्यवहारहरुलाई पहिल्याउन निकै सकस पर्ने हुन्छ। कुनैपनि विषयको गहिराईमा पुग्नका लागि अनुसन्धाननै आवश्यक हुन्छ वा नजिकबाट नियाल्नुपर्दछ।

    टेलिभिजन प्रस्तोता ताका जनताको विश्वास जितेर राजनीतिमा होमिएका हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका विषयमा एकपछि अर्को तथ्य बाहिर आउँदा आमसर्वसाधारणहरुमा समेत शंका पैदा हुन थालेको छ।

    सहकारी ठगी प्रकरणमा नाम मुछिएसँगै संसदीय छानबिन समिति बनाउनुपर्ने माग उठेयता लामिछानेको बोली र व्यवहारमा जनताले आशंका गरिरहेका हुन्।

    रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै छानबिनको माग गरी प्रदर्शन समेत गरे। राप्रपाका सांसद दीपकबहादुर सिंहले समेत सहकारीको मामला मात्र नभई नागरिकता काण्डमा पुनः छानबिन हुनुपर्ने तर्क गर्नुभयो।

    नेकपा एमालेले भने कांग्रेसको चरित्रमाथि शंका गरिरहेको छ। नयाँ समिकरण बनेको हनिमुन पिरियडसम्म पनि कुर्न नसकेको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले कसैलाई आरोपकै भरमा अपराधी करार गर्न नमिल्ने बताउनुभयो। गलत गर्नेलाई कानूनी दायरामा ल्याउने विषयमा एमाले जानकार रहेको उहाँको तर्क छ।

    रास्वपा भने कांग्रेसले सत्ता छोड्नुपर्दाको छटपटी रहेको दाबी गरिरहेको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियार गृहमन्त्री लामिछाने आफूमाथि लागेको आरोपबारे प्रष्ट पार्न खोजिरहेकोले प्रतिपक्षीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुहुन्छ।

    सामान्यतया आफूहरुमाथि लागेको आरोपलाई नैतिकता दर्शाएर प्रष्ट पार्नुपर्ने संस्कृतिको विकास हुनुपर्दछ, तर नेपालमा यो स्थिति हराउँदै गएको राजनीतिक विश्लेषक प्राडा प्रेम शर्माको भनाइ छ।

    यदि आफू गलत नभए गृहमन्त्री लामिछानेले छानबिनका लागि मार्ग प्रशस्त गर्नसक्नुपर्ने भन्दै सहकारी पीडित नै आक्रोशित बन्न थालेका छन्। यो अवस्थामा लामिछानेले आफूलाई क्लिक चिठ दिलाउन सक्लान् त्यो भने हेर्न बाँकी छ।


    मंगलवार, बैशाख ४ २०८१०८:०७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij