काठमाडौं। नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
नेकपा एस सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले आज प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएको जानकारी दिनुभयो।
यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भन्नुभएको थियो।
उक्त समयमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।
आज नेकपा एसले फरक भुमिका खेलेपछी मुख्यमन्त्री नियुक्तिका लागि सुदुरपश्चिममा कोर्स परिवर्तन हुने देखिएको छ ।