Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपामा आलोचनात्मक चेत भएकाभन्दा दास धेरै भए : प्रवक्ता श्रेष्ठ

नेकपामा आलोचनात्मक चेत भएकाभन्दा दास धेरै भए : प्रवक्ता श्रेष्ठ

  • मंगलवार, कार्तिक ११ २०७७

  • 2.2K
    SHARES

  • नेकपामा आलोचनात्मक चेत भएकाभन्दा दास धेरै भए : प्रवक्ता श्रेष्ठ

    काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपामा आलोचनात्मक चेत भएकाभन्दा दासहरु धेरै भएको टिप्पणी गर्नुभएको छ ।

    स्वार्थसहित कृतिम प्रशंसा गर्नेहरुले कसैलाई पनि सही दिशामा नलैजाने भएकाले यथार्थ बोल्न सक्नेहरुको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    बेठिकलाई बेठिक भनियो भने मात्रै ठिक दिशामा जान सकिन्छ, त्यसैले कम्युनिष्ट पार्टीलाई आलोचनतात्मक चेत सहितका कार्यकर्ताको पार्टी बनाउनु पर्छ, नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो ।

    प्रवक्ता श्रेष्ठले रुस र चीनका कम्युनिष्ट पार्टीहरुमा पनि कुनै व्यक्ति विषेशलाई अति प्रशंसा गर्नेहरुले त्यो व्यक्तिको मृत्युपछि अति गालि र अति आलोचना गरेको उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी र सरकारका बारेमा सल्लाह गर्न भेट्नका लागि पटक पटक प्रयास गर्दा पनि छ महिनादेखि आफुले समय नपाएको उहाँले जानकारी दिनुभयो ।

    कम्युनिष्ट पार्टीको सरकारले पहिलाको सरकारको कार्यशैलीका कम्तीमा तीन ओटा सुधार गर्नु पर्ने मान्यता आफुले राखेको उहाँले बताउनु भयो ।

    प्रवक्ता श्रेष्ठले नियम अनुसार काम हुनु पर्ने, कुनै पनि कामका लागि भनसुन गर्न र घुस खुवाउनु नपर्ने अवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

    त्यसैगरी कर्मचारी संयन्त्रमा पुनर्सरचना गर्नु पर्ने वा पर्याप्त परिचान गर्नुपर्ने, हरेक राजनीतिक नियुक्तिमा योग्यता र क्षमताका आधारमा मात्रै गर्नु पर्ने, असारे विकासको प्रबृत्तिमा सुधार गर्नु पर्ने र पुजीगत खर्च कार्यान्वयनको क्षमता बृद्धि गर्नु पर्ने अपेक्षा अहिलेको सरकारबाट गरेको उहाँले बताउनुभयो ।

    उहाँले सरकारले अपेक्षित काम गर्न नसकेको स्विकार गर्दै कार्यशैलीमा सुधार आवश्यक भएकोमा जोड दिनुभयो ।

    प्रवक्ता श्रेष्ठले भारतको गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयलसँगको भेटघाट ठिक नभएको र यसले गलत सन्देश दिएको बताउनुभयो ।

     


    मंगलवार, कार्तिक ११ २०७७०८:५०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij