Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

विवादै विवादमा रुमलिएको संसद् अधिवेशन अन्त्य, तीन विधेयक मात्रै पारित, कांग्रेस आक्रामक एमालेको बचाउ (खास खबर)

विवादै विवादमा रुमलिएको संसद् अधिवेशन अन्त्य, तीन विधेयक मात्रै पारित, कांग्रेस आक्रामक एमालेको बचाउ (खास खबर)

  • आइतवार, बैशाख २ २०८१

  • 550
    SHARES

  • विवादै विवादमा रुमलिएको संसद् अधिवेशन अन्त्य, तीन विधेयक मात्रै पारित, कांग्रेस आक्रामक एमालेको बचाउ (खास खबर)
    काठमाडौं । विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएसँगै कांग्रेसले  रोष प्रकट गरेको छ भने एमालेले बचाउ गरेको छ । बजेट अधिवेशनका लागि हिउँदे अधिवेशन अन्त्य आवश्यक रहेको एमालेका ठहर छ । कांग्रेसले भने बजेटका लागि पर्याप्त समय हुँदा पनि सरकार जवाफ दिनबाट भागेको आरोप लगाएको छ । संघीय संसद्को हिउँदे अधिवेशन २०८० साल माघ २२ गतेबाट सुरु भई आज राति १२ बजेदेखि सकिन सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । उहाँले संसद् सञ्चालन र कारबाहीमा केही सुधार भएपनि यो पर्याप्त नरहेको जिकिर गर्नुभयो । 
     
    हिउँदे अधिवेशनमा करिब ७० दिनमा ३ वटा विधेयक मात्रै पारित भएका छन् । सभामुख घिमिरेले सो अधिवेशनमा भएको कामको आइतबार प्रतिनिधिसभा बैठकमा संक्षिप्त जानकारी गराउँदै सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ सभाबाट पारित भएको बताउनुभयो । पारित भएका विधेयकहरू सर्वसम्मत की बहुमत स्पष्ट नभएको सांसद प्रेम सुवालले बताएपछि सवाल जवाफ भएको थियो । 
     
    संसद्मा ६ वटा विधेयकहरू सम्बन्धित समितिमा विचाराधीन रहेका छन् । त्यसैगरी संघीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको संघीय निजामती सेवा विधेयक, २०८० माथिको सामान्य छलफल सकिएपछि सो पारित हुन सकेको छैन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने सरकारले अधिवेशन अन्त्य गरेर अकर्मण्यता देखाएको आरोप लगाउनुभएको छ । 
     
    एमाले अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले बजेट अधिवेशनको पूर्वसन्ध्यामा रहेकोले अधिवेशन सही समयमा अन्त्य गरिएको बताउनुभयो । कांग्रेसले सत्ता बाहिर रहनुको छटपटी देखाइरहेको उहाँको आरोप थियो । 
     
    समग्रमा संसद्को हिउँदे अधिवेशन हेर्दा परिणाममुखी बन्न सकेन, कसलाई मन्त्री प्रधानमन्त्री बनाउने भन्नेतर्फ समय व्यतीत भएको थियो । सत्ताको माथ लागेपछि जनताका आवाज मुखरित हुने संसद् जहिले बन्धक प्रायः बन्यो  । जनतालाई भने नयाँ पुराना सबैको परीक्षण गर्ने मौका मिलेको थियो । 
     


    आइतवार, बैशाख २ २०८१०७:५९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij