Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

तरुण सदस्यहरूको सक्रियतामा आफ्नै भवन बन्दै

तरुण सदस्यहरूको सक्रियतामा आफ्नै भवन बन्दै

  • आइतवार, बैशाख २ २०८१

  • 399
    SHARES

  • तरुण सदस्यहरूको सक्रियतामा आफ्नै भवन बन्दै
    काठमाडौं । नेपालमा थुप्रै राजनैतिक दलहरू स्थापना भएका छन् । लामो इतिहास र पृष्ठभूमि बनाएका दल र तीनका भातृ सङ्गठनहरू पनि स्थापित नै छन् । नयाँ खोलिएका दलहरूका पनि आफ्नै भातृ सङ्गठनहरू रहेका छन् । भातृ सङ्गठनहरू पार्टीको बलियो आधार पनि हो । 
     
    राजनैतिक पार्टीहरूले फरक फरक नामका भातृ सङ्गठनहरू स्थापना गरेका छन् । ती मध्ये नेपाली कांग्रेसको गौरवशाली इतिहास बोकेको भातृ संगठन हो नेपाल तरुण दल । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दल आज पनि उत्तिकै सशक्त रहेको छ । नेपालको राजनैतिक परिवर्तनका लागि भएका थुप्रै आन्दोलनहरूमा तरुण दलको दलको भूमिका अतुलनीय रहेको छ । 
     
    राजनैतिक दलका भातृ सङ्गठनहरू पार्टीमुखी मात्र भइरहेको परिवेशमा नेपाल तरुण दलले भने आत्मनिर्भरताको यात्रा तय गरेको छ । गत चैत १५ र १६ गते अध्यक्ष विद्वान गुरुङको अध्यक्षतामा बसेको तरुण दल केन्द्रीय समिति बैठकले भवन निर्माणका लागि आर्थिक सहयोग सङ्कलन गर्ने निर्णय गरेको थियो । आफ्नो कार्यालय भवन निर्माणका लागि दलले अरू कसैको सहयोगको अपेक्षा नगर्ने भएको छ । दलमा आबद्ध रहेका केन्द्रीय सदस्यहरूले आफूले सकेको आर्थिक सहयोग संकलन गरेर भवन निर्माण गर्ने निर्णय गरेको छ । 
     
    आफ्नो भवन आफैले बनाउनु पर्छ भन्ने उद्देश्यका साथ हामीले केन्द्रीय सदस्यहरूबाट मात्र आर्थिक सहयोग रकम संकलन सुरु गरेको तरुण दलका प्रभावशाली केन्द्रीय सदस्य दिनेश लामाले बताउनुभयो । उहाँका अनुसार, एउटा भवनको लागि हामीलाई पार्टीले नै सहयोग गर्न सक्थ्यो, विभिन्न दाताहरूले सहयोग गर्न सक्थ्यो तर हामीले त्यसो गरेनौँ । हाम्रो भवन हामी आफै बनाउनु पर्छ र बनाउन सक्छौँ भनेर हामीले जुन निर्णय गर्‍यौ त्यो नै तरुण दलको आत्मनिर्भरता तर्फको यात्रा हो । 
     
    तरुण दलका प्रभावशाली केन्द्रीय सदस्य लामाका अनुसार, भवन निर्माणका लागि एक व्यक्तिसँग अधिकतम दुई लाखसम्म लिने व्यवस्था गरेका छौँ । त्यसका अलावा सदस्यहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्न सक्ने व्यवस्था गरेका छौँ । साथै भवन निर्माण सम्पन्न पश्चात् पूर्ण केन्द्रीय कमिटीकै नाम रहने छ । 
     
    तरुण दलको केन्द्रीय निर्णय अनुसार आर्थिक सहयोग संकलन कार्य निरन्तर जारी रहेको छ । केन्द्रीय सदस्य लामाले पनि भवन निर्माण सहयोगार्थ रु दुई लाख हस्तान्तरण गरिसकेका छन् । भवन निर्माणका लागि करिब दुई करोड लाग्ने अनुमान गरिएको छ ।


    आइतवार, बैशाख २ २०८१०३:२९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij