Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला, व्यवसायीहरु उत्साहित, काठमाडौँलाई जाग्दो सहर बनाउन आफू लागिरहेको गृहमन्त्रीको जिकीर (खासखबर)

ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला, व्यवसायीहरु उत्साहित, काठमाडौँलाई जाग्दो सहर बनाउन आफू लागिरहेको गृहमन्त्रीको जिकीर (खासखबर)

  • शनिवार, बैशाख १ २०८१

  • 599
    SHARES

  • ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला, व्यवसायीहरु उत्साहित, काठमाडौँलाई जाग्दो सहर बनाउन आफू लागिरहेको गृहमन्त्रीको जिकीर (खासखबर)

    काठमाडौं। काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि रातिदेखि २४ सै घण्टा खुला हुदै छ।कोरोनापछि सुस्ताएको नेपालको व्यवसायमा यो निर्णयले केहि थप सुधार हुने अपेक्षा पनि गरिएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्न लागेको हो।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको उहाँको भनाइ छ।

    ठमेलभित्र व्यवसायी मात्रै नभइ स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको पनि दाबी गरिएको छ। यसैगरि, रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता पनि तयार गरिएको छ।

    काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएपछि व्यवसायी उत्साहित छन्। अब धेरैले रोजगारी पाउने र आर्थिक कारोबार बढ्ने व्यवसायीको टिप्पणी छ।

    ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा सरकारको यो कदम एकदमै राम्रो भएको बताउनुहुन्छ। पर्यटन व्यवसाय सिथिल भएका बेला यसलाई चलायमान गराउन सहयोग हुने र पर्यटन व्यवसाय बढ्दै जादा रोजगारी बढ्ने दाबी उहाँको छ।

    त्यसैगरि दरबारमार्ग विकास वोर्डका संयोजक संजय अधिकारीले पुरै नेपाल खोल्नुपर्छ भन्ने पक्षमा आफु रहेको बताउनु हुन्छ। नेपालको परिचय बुद्धको देश,सगरमाथा चढ्ने देश,पशुपतिनाथको देशमा अर्को परिचय चौबिसै घण्टा खुल्ला हुने देश भनेर चिनाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ।

    व्यवसायी उत्साहित हुदै गर्दा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउनुहुन्छ। उहाँले काठमाडौँ सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताउनुभयो। काठमाडौँ जिउँदो र जाग्दो सहर बनाउन आफूले काम गरिरहेको गृहमन्त्री लामिछानेको जिकीर छ।

    सरकारले पर्यटनमा प्रवर्द्धन गर्न सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ। साथै सन् २०२३ देखि २०३२ लाई पयर्टन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ।चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेमा जोड दिइएको छ।

    साथै नीतिमा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने आधारका रुपमा पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गर्ने विषय उल्लेख छ।ठमेल र दरबारमार्गजस्ता पर्यटकीय क्षेत्र चुस्त हुँदै २४ घण्टा सञ्चालन हुनसके सरकारको पर्यटक बढाउने लक्ष्य पूरा हुनसक्नेमा व्यवसायी ढुक्क छन्।


    शनिवार, बैशाख १ २०८१०८:०२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij