Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

नेपालको राजनीतिमा वर्ष २०८० पनि अस्थिर, समीकरण बदल्ने होडबाजीले संघ र प्रदेशको संरचनामा आएन स्थायित्व (खबर खबर)

नेपालको राजनीतिमा वर्ष २०८० पनि अस्थिर, समीकरण बदल्ने होडबाजीले संघ र प्रदेशको संरचनामा आएन स्थायित्व (खबर खबर)

आगामी वर्षपनि सुखद नरहने वास्तुविद्को संकेत
  • शुक्रवार, चैत्र ३० २०८०

  • 685
    SHARES

  • नेपालको राजनीतिमा वर्ष २०८० पनि अस्थिर, समीकरण बदल्ने होडबाजीले संघ र प्रदेशको संरचनामा आएन स्थायित्व (खबर खबर)
    काठमाडौं । नेपालको राजनीतिमा वर्ष २०८० पनि अस्थिर रह्यो । राजनीतिक समीकरण बदल्ने होडबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकै अस्थिर बन्नुभयो । प्रतिपक्षीमा बसेर संसद् अवरुद्ध गरिरहेको नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी एकाएक सत्तामा पुगेको देखि तत्कालीन सत्ता गठबन्धनलाई मात खुवाउँदै कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा नेपाली कांग्रेसका सांसद मुख्यमन्त्री बन्ने सम्मका घटना भए । असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहलाई जोडेर उनी राजनीतिमा पनि रुचि राख्ने र एक पटक आफूलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गरेको अभिव्यक्ति दिँदा संसद्मा हंगामा भयो । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले भने आगामी हरेक दिन राजनीतिक स्थिरताका साथै शान्तिको कामना गर्नुपर्ने बताउनुभयो । 
     
    खासगरी बालकुमारी घटनाबारे राजनीतिमा निकै तरंग ल्यायो, पटकपटक संसद् अवरुद्ध बन्यो । एमालेको यो मागको केही दिनपछि नै सत्ताको समीकरण बदलियो, प्रधानमन्त्री प्रचण्डनै रहे, मन्त्रीहरू बदलिए । यो भन्दा अगाडि कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा पनि निकै रणनीतिक खेल भएको थियो । तत्कालीन गठबन्धनमा माओवादी केन्द्रलाई कोशी प्रदेशको मुख्यमन्त्री भागमा परेको थियो । तर कांग्रेसका ८ जना सांसदले फ्लोर क्रस गर्दै नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसकै केदार कार्की मुख्यमन्त्री बन्नुभएको थियो । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केशीले वर्ष २०८० उथलपुथल रहेको बताउनुभयो । 
     
    सत्तामा नयाँ समीकरण बनेसँगै प्रदेश सरकारहरू पनि अस्थिर बनेका छन् । मधेस प्रदेश र बागमती प्रदेशमा मुख्यमन्त्री उही रहेपनि अन्य प्रदेशमा भने सेट नै परिवर्तन भएको छ । त्यति मात्र होइन सत्ताको खेलमा मात्र लाग्दा कोशी र गण्डकी प्रदेशमा मध्यावधि हुने जोखिम पनि बढ्दै गएको छ । उता, नागरिक उन्मुक्ति पार्टीमा भएको पद र शक्तिको लडाइँका कारण प्रदेश सरकार गठनमा कठिनाइ भएको छ । सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पटकपटक नैतिक प्रश्न उठेको छ । वास्तुविद् एवं ज्योतिषी सुरेशचन्द्र रिजालले आगामी वर्षपनि अस्थिर बन्ने आंकलन गर्नुभएको छ ।
     
    राप्रपाले समय समयमा प्रदर्शन गर्दै राजतन्त्र फर्काउनुपर्ने एजेण्डालाई स्थापित गराउन खोजेको छ । त्यस्तै पूर्व राजा ज्ञानेन्द्रले पनि आफ्नो सक्रियता बढाएका छन् । मुलुकमा राजनीतिक स्थिरता नहुँदा देश टाँट पल्टिने खतरा उत्तिकै छ । 
     


    शुक्रवार, चैत्र ३० २०८००८:०२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij