Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

  • शुक्रवार, चैत्र ३० २०८०

  • 794
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुभएको छ।आज बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले ४८ सांसदको मत प्राप्त गर्नुभएको हो।

    मुख्यमन्त्री महरालाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् ।

    मुख्यमन्त्री महराको विश्वासको मतको विपक्षमा कांग्रेसका २७ र जनमोर्चाका १ सांसद उभिएका थिए। राप्रपा ४ र लोसपाका ३ सांसद बैठकमा अनुपस्थित थिए ।

    ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक थियो। माओवादी केन्द्रका संसदीय दलका नेता महरा ४८ जनाको समर्थनमा चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो।


    शुक्रवार, चैत्र ३० २०८००४:३०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij