Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणमा गृहमन्त्रीमाथि दबाब बढ्दै, लुकाउन खोज्दा उल्टै गाह्रो पर्ने जोखिम (खासखबर)

सहकारी प्रकरणमा गृहमन्त्रीमाथि दबाब बढ्दै, लुकाउन खोज्दा उल्टै गाह्रो पर्ने जोखिम (खासखबर)

  • बिहिवार, चैत्र २९ २०८०

  • 1.9K
    SHARES

  • सहकारी प्रकरणमा गृहमन्त्रीमाथि दबाब बढ्दै, लुकाउन खोज्दा उल्टै गाह्रो पर्ने जोखिम (खासखबर)

    काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने मुछिएको भनिएको पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरण थप पेचिलो बन्दै गएको छ। राप्रपा समेत कडा रुपमा उत्रिएपछि यो विषय जटिल बन्दै गएको हो। नेपाली कांग्रेसपनि आफ्नो मुद्धाबाट पछि नहट्ने अडानमा देखिएको छ।

    कुनैपनि हालतमा संसदीय छानबिन समिति बन्नुपर्नेमा उसको मत छ।नेपाली कांग्रेसका नेता प्रकाश रसाइलीकाअनुसार लाखौँलाख सहकारी पीडित र गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई समेत लामिछानेले ट्रयापमा पारेका हुन्। उहाँमाथि अनुसन्धान हुनुपर्ने रसाइलीको माग छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सत्तासाझेदार दलहरु लामिछानेको सहकारी प्रकरणमा कुनैपनि संलग्नता नरहेको दाबी गर्दै आएका छन्।आजै प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगरमा बोल्दै गृहमन्त्रीलाई मिथ्या र भ्रमित आरोप लागेको दाबी गर्नुभएको थियो।

    रास्वपाका सांसद हरि ढकालले पनि उजुरी पर्दैमा छानबिन समिति बनाउँदा गलत नजीर बस्ने बताउनुभयो। उहाँले पोखरामा पहिल्यै उठेको विषयलाई कांग्रेसले गलत मनसायका साथ उठाइरहेको आरोप लगाउनुभयो। समिकरण बदलिँदा लामिछानेलाई कांग्रेसले प्रधानमन्त्री अफर गरेको तर नमान्दा इगो लिएको ढकालको दाबी छ।

    राजनीतिक विश्लेषक भेषराज घिमिरेले नेपाली कांग्रेसले लामिछानेको राजीनामा मागेको नभइ छानबिन समिति बनाउन आग्रह गरेको बताउनुभयो। लामिछानेले आरोपबाट नभागी २०८४ का लागि समेत क्लिन चिठ लिने अवसर रहेको घिमिरेको भनाइ छ। हजारौँको रकम अरबौँमा ठगिएकाले लामिछानेले आफू निर्दोष रहेको प्रमाणित गर्न सक्नुपर्ने बताउनुभयो।

    संसदबाट ८१ वटा कानून निर्माण गर्नुपर्ने कार्यभार प्रतिनिधिसभा सदस्यहरुको काँधमा रहेको छ। संसद बारम्बार बन्धक बनिरहेको छ। संसदीय छानबिन समिति बनाएर मार्ग प्रशस्त गर्न स्वयं गृहमन्त्री पनि तयार हुनुपर्नेमा यो विषयलाई जटिल बनाउँदा उहाँमाथि नै शंका पैदा भएका छ। छानबिन गर्ने तालूकदार मन्त्रालयको नेतृत्व आाफैले गर्दा जनतामा समेत आशंका छ।


    बिहिवार, चैत्र २९ २०८००८:०४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij