Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

अब देश सम्हाल्ने पार्टी नेतृत्व चाहियोः गगन थापा

अब देश सम्हाल्ने पार्टी नेतृत्व चाहियोः गगन थापा

  • बिहिवार, चैत्र २९ २०८०

  • 790
    SHARES

  • अब देश सम्हाल्ने पार्टी नेतृत्व चाहियोः गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई सम्हाल्ने पार्टीको नेतृत्व चाहिएको बताउनुभएको छ। आगामी बैशाख १५ मा हुने इलाम– २ को उपनिर्वाचनको चुनावी अभियानमा फाकफोकथुम गाउँपालिका–३ आमचोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई सम्हाल्ने नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने दाबी गर्नुभयो ।

    महामन्त्री थापाले विभिन्न जातिले उठाएको पहिचानको मुद्दालाई सम्हालेर लैजाने दल कांग्रेस नै भएको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो,‘यो बेलामा उचाल्ने होइन, सम्हाल्ने पार्टी चाहिएको छ । पहिचानको मुद्दालााई सम्हालेर लैजान सक्नुपर्छ। सम्हालेर लैजाने पार्टी काग्रेस हो।’

    इलाम–२ को प्रतिनिधिसभाको उपनिर्वाचनमा कांग्रेसबाट डम्बर खड्का उम्मेदवार हुनुहुन्छ। उहाँलाई भोट माग्न महामन्त्री थापा त्यहाँ पुग्नुभएको हो। यस्तै नेकपा (एमाले)को तर्फबाट सुहाङ नेम्वाङ मैदानमा हुनुहुन्छ।

    यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू मैदानमा हुनुहुन्छ। इलाम–२ र बझाङ–१ को प्रदेशसभा–१ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

     


    बिहिवार, चैत्र २९ २०८००५:१९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij