Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

‘संसदको अवरोध चाँडै समाधान हुन्छ’ : प्रधानमन्त्री ‘प्रचण्ड’

‘संसदको अवरोध चाँडै समाधान हुन्छ’ : प्रधानमन्त्री ‘प्रचण्ड’

  • बिहिवार, चैत्र २९ २०८०

  • 674
    SHARES

  • ‘संसदको अवरोध चाँडै समाधान हुन्छ’ : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा देखिएको गतिरोध छिट्टै समाधान हुने बताउनु भएके छ। आज विराटनगरमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले संसदको गतिरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएकोले चाँडै समाधान हुने बताउनुभयो।

    प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् गृहमन्त्री रवि लामिछानेको विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो,“अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन,मैले सदनमा जवाफ दिँदा अनुसन्धान कर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग केहो यो‘केस’भनेर सोधेको थिए।उहाँहरूले यसमा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ।”

    प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको आरोप लगाउँदै नयाँ समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने स्पष्ट पार्नुभयो।


    बिहिवार, चैत्र २९ २०८००४:४५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij