Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

गण्डकीमा मन्त्रालय फुटाइयो,९ पुगे मन्त्रालय

गण्डकीमा मन्त्रालय फुटाइयो,९ पुगे मन्त्रालय

  • बिहिवार, चैत्र २९ २०८०

  • 639
    SHARES

  • गण्डकीमा मन्त्रालय फुटाइयो,९ पुगे मन्त्रालय

    काठमाडौं। गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या थपेर नौ पुराइएको छ। यसअघि सात मन्त्रालय रहेकोमा मंगलबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आन्तरिक मामिला मन्त्रालयलाई अलग गरेको हो।

    यस्तै,सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई पनि विभाजन गरी फरक फरक मन्त्रालय बनाइएको छ। गण्डकी सरकारका प्रवक्ता हरिबहादुर चुमानले मन्त्रालयको सङ्ख्या थपिएको पुष्टि गर्नुभयो।

    मंगलबारकै मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्तामा कृष्ण अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीविरुद्ध सर्वोच्चमा रिट परेको छ।सर्वोच्चले बुधबार आदेश जारी गर्दै सरकारलाई दीर्घकालीन निर्णय नगर्नसमेत भनिसकेको छ।

    रिटको पूर्ण सुनुवाइ वैशाख १९ गते हुने तय छ।नेकपा (एमाले)का २२, माओवादी केन्द्रका सभामुखसहित आठ र स्वतन्त्र सांसद एक गरी ३१ सांसदको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त हुनुभएको हो।

    सभामुखलाई गणना गरिएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सरकारविरुद्ध सर्वोच्चमा जानुभएको छ। दोस्रो आमनिर्वाचनपछि मुख्यमन्त्री बन्दा अधिकारीले १२ बाट मन्त्रालय घटाएर सातमा झार्नुभएको थियो।


    बिहिवार, चैत्र २९ २०८००४:३४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij