Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

म्यानपावर खारेजी प्रावधान नहटाए भोलिदेखि आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

म्यानपावर खारेजी प्रावधान नहटाए भोलिदेखि आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

  • सोमवार, आषाढ २२ २०७७

  • 705
    SHARES

  • म्यानपावर खारेजी प्रावधान नहटाए भोलिदेखि आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

    काठमाडौं । सरकारले म्यानपावर खारेजी हुने प्रावधान नहटाए मंगलबार (भोलि)देखि आन्दोलनमा उत्रिने व्यवसायीले चेतावनी दिएका छन् । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै सरकारले त्यो प्रावधान हटाउनुपर्ने यानपावर व्यवसासयीहरुको माग छ ।

    वैदेशिक रोजगार ऐन २०६४ मा केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ (प्रमाणीकरण र प्रकाशन मिति २०७५/११/१९) ले थप गरेको दफा १३(२) (घ) मा पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर खारेज हुने प्रावधान छ।

    कोरोना महामारीका कारण वैदेशिक रोजगार व्यवसाय ठप्प रहेको र म्यानपावर व्यवसायीहरुलाई सो प्रावधानले प्रत्यक्ष रुपमा मर्का परेको भन्दै उनीहरुले सो प्रावधान हटाउन माग गरेका हुन् ।

    पछिल्ला दुई आर्थिक वर्षमा १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर नवीकरण गरिदिन वैदेशिक रोजगार व्यवसायी संघले प्रेस विज्ञप्तीमार्फत आग्रह गरेको छ।

    संघले विगत १० महिनादेखि सो आग्रह गर्दै आएपनि आर्थिक वर्ष समाप्त हुन केही दिनमात्र बाँकी हुँदा पनि यो प्रावधान रहेकाले आफूहरु कडा आन्दोलनमा उत्रिने संघले जनाएको छ। ऐन संशोधन नभएमा नेपालमा ५१२ वटा म्यानपावरहरु खारेज हुने अवस्थामा छन्।


    सोमवार, आषाढ २२ २०७७०६:०१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij