Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

राजेन्द्रले मागे रवि लामिछानेको राजीनामा

राजेन्द्रले मागे रवि लामिछानेको राजीनामा

  • मंगलवार, चैत्र २७ २०८०

  • 1.5K
    SHARES

  • राजेन्द्रले मागे रवि लामिछानेको राजीनामा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नुभएको छ। आज पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै उहाँले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।

    प्रदर्शनकै क्रममा गरिएको कोणसभामा बोल्दै लिङ्देनले गृह प्रशासन र मन्त्रीको भत्र्सना गर्नुभएको थियो ।

    उहाँले भन्नुभयो, ‘म गृहमन्त्री रवि लाछिानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौं । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ ।’

    प्रहरीको बल प्रयोगबाट आफ्ना थुप्रै नेता कार्यकर्ता घाइते भएको लिङ्देनले बताउनुभयो । उहाँले कार्यकर्ताहरुलाई विचलित नभइ जुलुसमा अगाडि बढ्न आग्रह गर्नुभयो । राप्रपाको जुलुस वानेश्वर पुगेर आमसभामा परिणत भएको छ ।

     


    मंगलवार, चैत्र २७ २०८००३:५२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij