काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई छलफलका लागि बोलाउनु भएको छ ।
कांग्रेस संसदीय दलको बैठक चलिरहेका बेला प्रधानमन्त्रीले दुई नेतालाई बोलाएपछी उहाँहरु बालुवाटारतर्फ लागेको कांग्रेस पार्टी स्रोतले जनाएको छ।
प्रमुख प्रतिपक्ष कांग्रेसको विरोधका बाबजुद सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछानेले विधेयक पेश गर्ने तयारी गरेपछि कांग्रेस आक्रोशित बनेको थियो ।
सदनमा पेश गर्न लागिएको विधेयक र संसदीय छानबिन समितिको विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले बोलाएको हुनसक्ने स्रोतले जानकारी दिएको छ ।