काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्ष उमेदवार बनाउने भएको छ।आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
माघमा भएको राष्ट्रियसभा निर्वाचनमा पुडासैनी निर्वाचित हुनु भएको थियो। महिला क्लस्टरका सात जनामध्ये वाग्मती प्रदेशबाट पुडासैनी निर्वाचित हुनु भएको हो।
करिब पाँच दशक सक्रिय राजनीतिमा बिताएकी पुडासैनी ७३ वर्षीया सांसद हुनुहुन्छ।२०३३ सालमा पद्मकन्या क्याम्पसमा पढ्दादेखि नै राजनीतिमा सक्रिय पुडासैनि २०४९ सालमा काठमाडौंको तत्कालीन भद्रबास गाविसको अध्यक्षमा पनि निर्वाचित हुनुभएको थियो।