काठमाडौं। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख चार दलका शीर्ष नेताहरुसँग छलफल सुरु गर्नुभएको छ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको सहकारी प्रकरणमा संलग्नताको सम्बन्धमा सदनमा निरन्तर संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले आज छलफल सुरु गर्नुभएको हो।
सभामुखको कार्यकक्ष सिंहदरवारमा जारी छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रमुख सचेतक हितराज पाण्डे,एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, रास्वपाबाट सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियारलगाएत सहभागी हुनुहुन्छ।
उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ।