काठमाडौं । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले उहाँलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीको शपथ गराउनुभएको हो ।
अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा मुख्यमन्त्रीमा आज नियुक्त हुनुभएको हो ।
अधिकारीले मुख्यमन्त्रीको शपथ लिए लगत्तै सत्ता साझेदार माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरु (दीपक मनाङे) लाई विना विभागीय मन्त्रीका रुपमा नियुक्त गरेर शपथ दिलाउनुभएको छ ।