Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहकारी ठगी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाको माग

सहकारी ठगी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाको माग

  • शनिवार, चैत्र २४ २०८०

  • 605
    SHARES

  • सहकारी ठगी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाको माग
    काठमाडौं । विवेकशील साझा पार्टीविवेकशील साझा पार्टीले सहकारी ठगी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो ।
     
    सो पार्टीका प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘विवेकशील साझा पार्टी सहकारी ठगी प्रकरणमा संलग्नहरूलाई  छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरी दोषीलाई हदै सम्मको कारबाही गर्न र पीडितलाई राहत तथा परिपूरणको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछ।’
     
    बहालवाला मन्त्रीहरूदेखि राजकीय पदमा आसीन वर्तमान तथा पूर्व पदाधिकारीहरू समेत सामेल विभिन्न सहकारी ठगी प्रकरणमा हजारौँ सर्वसाधारणको अरबौँ रकम अपचलन हुँदा पनि सरकार मौन रहेको भन्दै सो विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
     
    विवेकशील साझा पार्टीले सरकारमा संलग्न मन्त्रीहरू,पूर्व मन्त्रीहरू, विभिन्न दलका नेताहरूको मिलेमतो र सेटिङमा सर्वसाधारणको अरबौँ रुपैयाँ अपचलन हुनु र पीडितको विल्लिबाँठ हुँदा पनि सरकारले प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही नगर्नु जनमतको अवहेलना र पीडितप्रति अचाक्ली ज्यादती भएको ठहर गरेको छ।
     
    सरोकारवाला र सहकारी पीडितहरूको आवाजलाई बेवास्ता नगर्न आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सरकारमै रहेका कतिपय आरोपित मन्त्रीहरूले सत्ताको दुरुपयोग गर्दै दलीय दादागिरीको जगमा छानबिनलाई नै स्याबोटेज गरिरहेको भन्ने सरोकारवाला र सहकारी पीडितहरूको भनाइलाई बेवास्ता नगर्न विवेकशील साझा पार्टी प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण गर्दछ।’


    शनिवार, चैत्र २४ २०८००८:१८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij