Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

युक्रेनले गरेको आक्रमणको जवाफमा आज रुसी प्रत्याक्रमण

युक्रेनले गरेको आक्रमणको जवाफमा आज रुसी प्रत्याक्रमण

  • शनिवार, चैत्र २४ २०८०

  • 1.1K
    SHARES

  • युक्रेनले गरेको आक्रमणको जवाफमा आज रुसी प्रत्याक्रमण

    काठमाडौं । युक्रेनको खार्किभ सहरमा रुसी ड्रोन आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । मेयर इहोर तेरेखोभका अनुसार इरानमा निर्मित शाहिद ड्रोनले शनिबार बिहान केही अपार्टमेन्ट ब्लकहरूसहित धेरै भवनहरूमा प्रहार गरिएको थियो ।

    खार्किभ रुसी सिमानाको सबैभन्दा नजिकको युक्रेनी सहर हो । पछिल्लो समय रुसले आफ्नो आक्रमणलाई तीव्र बनाएको छ । युक्रेनी अधिकारीहरूले भविष्यमा यो सहरमा रुसले आक्रमण गर्न सक्ने बताएका छन् ।

    मेयर तेरेखोभले टेलिग्राम मेसेजिङ एपमा हमलामा कम्तीमा १० जना घाइते भएको बताए । केही अपार्टमेन्ट ब्लक, पेट्रोल स्टेशन र प्रशासनिक भवन र कारमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

    शुक्रबार युक्रेनले ६ रुसी विमान नष्ट गरेको दाबी गरेको छ । युक्रेनी रक्षा स्रोतहरूले बीबीसी युक्रेनीलाई रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य आठ विमानहरू नराम्ररी क्षतिग्रस्त भएको जानकारी दिएको छ।

    यस आक्रमणमा २० सैनिकको मृत्यु भएको अनुमान गरिएको छ । रिपोर्टका अनुसार मोरोजोभस्क एयरबेसमा युक्रेनको युद्धमा प्रयोग गरिएका सुखोई–२७ र सुखोई– ३४ विमानहरू छन्।


    शनिवार, चैत्र २४ २०८००१:४४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij