Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

काँग्रेसको महाधिवेशन कोरोनासँगै गर्ने संकल्प गर्न शुभकामना : डा कोइराला

काँग्रेसको महाधिवेशन कोरोनासँगै गर्ने संकल्प गर्न शुभकामना : डा कोइराला

  • सोमवार, कार्तिक १० २०७७

  • 1.8K
    SHARES

  • काँग्रेसको महाधिवेशन कोरोनासँगै गर्ने संकल्प गर्न शुभकामना : डा कोइराला

    काठमाडौं । आगामी भदौसम्ममा महाधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यतामा परेको नेपाली काँग्रेस भित्र कोरोनाकैबीचमा महाधिवेशन गर्ने बारे छलफल हुन थालेको छ । महाधिवेशन गर्नै पर्ने समयसम्ममा पनि कोरोनाको महामारी अन्त्य नहुने भएकाले कोरोनाकै बीचमा महाधिवेशन गर्नेगरी तयारी गर्नु पर्नेमा नेताहरुले जोड दिन थालेका हुन ।

    पार्टीका प्रभावशाली नेता डा. शेखर कोइरालाले कोरोनाकै बीचमा पनि आगामी जेठसम्ममा महाधिवेशन गर्ने संकल्प आज दशैको दिनमा गर्न पार्टी नेतृत्वलाई सुझाव दिनुभयो । “कोरोनाकै बीचमा पनि कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने बारेमा आजैदेखि बहस चलाइयोस्, नेतृत्वलाई म यही सुझाव दिन र आग्रह गर्न चाहन्छु,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो ।

    आगामी महाधिवेशनमा पार्टी सभापतिका आकांक्षी समेत रहनु भएका कोइरालाले कोरोनालाई बाहना बनाएर महाधिवेशन नै नगर्ने बाटोमा पार्टीहरु जाने हुन की भन्ने आशंका बढ्दै गइरहेको पनि बताउनुभयो । नेता कोइरालाले भन्नुभयो, “संघीय संसदमा रहेका मुख्य चार ओटै पार्टीको महाधिवेशन गर्नुछ, चारै पार्टीको नेतृत्वले महाधिवशेन टार्दै लैजाने सहमती गर्ने हुन की भन्ने डर पो लागेको छ ।”

    पार्टीहरु महाधिवेशन नगर्ने बाटोमा जाने हो भने मुलुकको राजनीति र लोकतन्त्रको अवस्था के होला भनेर उहाँले चिन्ता र आशंका व्यक्त गर्नुभयो । उहाँले पार्टी प्रवेश कार्यक्रमहरु धमाधम गरिरहन मिल्ने तर साना साना भेलाबाट हुन सक्ने स्थानीयस्तरका अधिवेशनहरु भने हुन नमिल्ने कुराले पनि आशंका जन्माएको टिप्पणी गर्नुभयो ।

    “पाँच हजार मान्छेलाई भेला गरेर अर्को बर्षको भदौमा पनि महाधिवेशन गर्न सकिदैन, त्यसैले कोरोनाका बीचमा पनि कसरी गर्न सकिन्छ भन्ने संकल्प र बहस आजैदेखि होस, दशैँमा यही छ शुभकामना,”उहाँले भन्नुभयो ।


    सोमवार, कार्तिक १० २०७७०८:१७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij