काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र कानुन मन्त्रालयको प्रस्तावमा केही निर्णय गरेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानुन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनुभयो । सोहीसम्बन्धी सूचना छिट्टै राजपत्रमा प्रकाशित गर्ने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्राडा पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय भएको छ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापाका डा ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ।