Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशसभाको बैठक दुई घण्टाका लागि सारियो

सुदूरपश्चिम प्रदेशसभाको बैठक दुई घण्टाका लागि सारियो

  • बिहिवार, चैत्र २२ २०८०

  • 830
    SHARES

  • सुदूरपश्चिम प्रदेशसभाको बैठक दुई घण्टाका लागि सारियो

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक २ घण्टा सारिएको छ ।

    मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक ५ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठक दुई घण्टा सारिएको जानकारी दिनुभयो ।

    बिहीबारको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिनुहुनेछ तर सत्ता साझेदार नाउपभित्रको विवादका कारण शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।

    नाउपाकी प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई अध्यक्ष रञ्जिता श्रेष्ठले कारवाही गर्नुभएको छ भने श्रेष्ठ निकट कैलाश चौधरी र टीका थापा संघीय राजधानी काठमाडौंमा छन् ।

    मुख्यमन्त्री शाहले उनीहरूलाई फकाएर धनगढी बोलाउने प्रयास गरिरहेका छन् । स्वतन्त्र सांसद डा. तारा जोशी पनि काठमाडौंमा छन् ।


    बिहिवार, चैत्र २२ २०८००३:३८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij