Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दसैं मनाउन राष्ट्रपतिको आग्रह

स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दसैं मनाउन राष्ट्रपतिको आग्रह

  • सोमवार, कार्तिक १० २०७७

  • 1.2K
    SHARES

  • स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दसैं मनाउन राष्ट्रपतिको आग्रह

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गर्नुभएको छ।

    राष्ट्रपति भण्डारीले दसैं, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दसैं मनाउन आग्रह  गर्नुुभएको हो।

    आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ,विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गर्दछु, शुभकामना सन्देशमा भनिएको छ,।

    यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिले गर्नुभएको छ।

    विजयादशमीका दिन भगवतीले सत्य हासिल गरेका उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ । असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्वमाथि मानवताको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना गरिन्छ ।

     


    सोमवार, कार्तिक १० २०७७०८:०२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij