Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनका उम्मेदवार टुङ्गो लगाउन कांग्रेस बैठक आज पनि बस्दै

उपनिर्वाचनका उम्मेदवार टुङ्गो लगाउन कांग्रेस बैठक आज पनि बस्दै

  • बुधवार, चैत्र २१ २०८०

  • 790
    SHARES

  • उपनिर्वाचनका उम्मेदवार टुङ्गो लगाउन कांग्रेस बैठक आज पनि बस्दै

    काठमाडौं। आगामी बैशाख १५मा हुने उपनिर्वाचनका लागी उमेदवारको टुँगो लगाउनु नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ।

    यसअघि हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय नगरी बैठक आजका लागी सारिएको हो।

    बैठकमा सभापति देउवाले इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गर्नुभएको थियो। सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न नसकेको हो।

    इलाम—२ मा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने नेता कोइराला र थापाको मत छ। महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेले गरेको इलाम—२ को अध्ययन रिपोर्टमा खड्कालाई उम्मेदवार बनाउन उपयुक्त हुने आशय थियो।

    कांग्रेस प्रवक्ता प्रकाशशरण महतकाअनुसार आज दिउँसो २ बजे पुनः बैठक बसेर उम्मेदवारको टुङ्गो लगाउने र कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्न आजै अपराह्न ४ बजे संसदीय बोर्डको बैठक बस्नेछ।


    बुधवार, चैत्र २१ २०८००६:४८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij