Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

जहाज खरिद प्रकरणबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई संसदीय समितिको निर्देशन

जहाज खरिद प्रकरणबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई संसदीय समितिको निर्देशन

  • सोमवार, चैत्र १९ २०८०

  • 646
    SHARES

  • जहाज खरिद प्रकरणबारे १५ दिनभित्र जवाफ पेस गर्न निगमलाई संसदीय समितिको निर्देशन
    काठमाडौं । नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजको इन्जिनमा पटक–पटक समस्या आएपछि संसदीय समितिले चासो व्यक्त गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सोमबार(आज) निगमका पदाधिकारीसँग छलफल गर्दै न्यारोबडी जहाजको इन्जिनमा पटक–पटक देखिएको समस्याप्रति चासो व्यक्त गरेको हो ।
     
    समितिले १५ दिनभित्र न्यारोबडी इन्जिन प्रकरणमा कुनै भ्रष्टाचार छैन भनी आश्वस्त पार्न निगमलाई निर्देशन दिएको छ । निगमले चित्तबुझ्दो जवाफ नदिए कारबाहीको प्रक्रिया अघि बढाउन बाध्य हुने समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।
     
    भ्रष्टाचार भएको जस्तो देखिने निगमभित्रका केही कामका विषयमा प्रमाणसहित समितिलाई प्रस्ट पार्न निगमलाई भनिएको सभापति यादवले बताउनुभयो । बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको बताउनुभयो । लिजमा दिनुपर्ने अवस्थामा पनि समयमा नै इन्जिन लिजमा दिन नसकेको उहाँले बताउनुभयो । उहाँले अप्रिलको २२ तारिखसम्म दुई मध्ये एक इन्जिन तयार हुने दाबी गर्नुभयो ।
     
    अधिकारीले जहाज थप भएको खण्डमा निरन्तर उडान गर्ने भन्दै अहिले नाफा भन्दा पनि राष्ट्रिय दायित्व पुरा गर्न दुर्गम क्षेत्रमा उडान गरेको जानकारी दिनुभयो । उहाँले युरोपियन युनियनको कालोसूचीबाट हट्नका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो ।
     
    बैठकमा समिति सदस्यहरूले न्यारोबडी जहाजको इन्जिन मर्मत प्रक्रिया स्वाभाविक नदेखिएको धारणा राखेका थिए । समिति सदस्य उदय शमशेर जबराले यही व्यवस्थापनबाट निगमले अन्तर्राष्ट्रिय मात्रै नभई राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि प्रतिस्पर्धा गर्न सक्ने नदेखिएको बताउनुभयो ।
     
    त्यस्तै समिति सदस्य योगेश गौचन थकालीले सम्झौता अनुसार सात दिनभित्र इन्जिन बनाउनुपर्ने भए पनि चार महिनासम्म जहाज नै ग्राउन्डेड भएर बस्नुपर्ने अवस्थाको जिम्मेवारी निगमले लिनुपर्ने बताउनुभयो । उडे पनि नउडेपछि पैसा दिनुपर्ने गरी इन्जिन भाडामा लिनुपर्ने अवस्थाले आशङ्का उत्पन्न भएको उहाँको भनाइ छ ।
     
    त्यस्तै अन्य समिति सदस्यहरूले नागरिक उड्डयन प्राधिकरण र निगमको ढिलासुस्तीका कारण युरोपियन युनियनको कालोसूचीबाट हट्न नेपाललाई समस्या भएको धारणा राखेका थिए । यस विषयमा निगम भन्दा पनि क्यान गैर जिम्मेवार देखिएको उनीहरूको भनाइ छ ।
     


    सोमवार, चैत्र १९ २०८००५:४७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij