Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख ३० हजारमा कारोबार

सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख ३० हजारमा कारोबार

  • सोमवार, चैत्र १९ २०८०

  • 764
    SHARES

  • सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख ३० हजारमा कारोबार

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार छ सयले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकोमा आजका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सय कायम भएको छ ।

    यस्तै, तेजाबी सुन आइतबार एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ ।

    यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।


    सोमवार, चैत्र १९ २०८००२:०१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij