Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सदनको अवरोध हटाउन सभामुखले गरे छलफल,गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउनैपर्ने कांग्रेसको अडान, गृहमन्त्री आफैंले जवाफ दिने सत्तापक्षको जवाफ(खासखबर)

सदनको अवरोध हटाउन सभामुखले गरे छलफल,गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउनैपर्ने कांग्रेसको अडान, गृहमन्त्री आफैंले जवाफ दिने सत्तापक्षको जवाफ(खासखबर)

  • शनिवार, चैत्र १७ २०८०

  • 1.0K
    SHARES

  • सदनको अवरोध हटाउन सभामुखले गरे छलफल,गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउनैपर्ने कांग्रेसको अडान, गृहमन्त्री आफैंले जवाफ दिने सत्तापक्षको जवाफ(खासखबर)

    काठमाडौं। सदनको अवरोध हटाउन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र विभिन्न दलका प्रमुख सचेतक र सचेतकबिच आज छलफल भएको छ। बिहान सिंहदरबारमा बसेको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राख्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको कांग्रेसले आफ्नो मागलाई यथावत् राखेको छ ।

    प्रमुख सचेतक र सचेतकसँगको छलफलमा कांग्रेसले आफ्नो सो अडान कायम रहेको सुनाएको हो । यद्यपि गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न दिने वा नदिने भन्नेबारे आइतबार भोलि बिहान पदाधिकारी बैठक बसेर निर्णय गर्ने कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिनुभएको छ ।

    सत्तारुढ दलका नेताहरुले भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्नको लागि संसदीय छानविन समिति बनाउन आवश्यक नभएको जवाफ दिएका छन्।

    थप छलफलको लागि भोलि प्रतिनिधि सभा अघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।उहाँले कांग्रेसले उठाएको बिषयमा प्रधानमन्त्रीले जवाफ दिइसकेकाले अझै राजनीतिक पूर्वाग्रहको आधारमा अघि बढेको आशंका व्यक्त गर्नुभयो । गृहमन्त्री लामिछाने आफैं जवाफ दिन तयार रहेकाले कांग्रेसले धैर्यता राख्नुपर्ने उहाँको भनाइ छ ।

    रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आजको बैठकपछि कांग्रेस भोलिको बैठकमा कार्यतालिका अनुसार अघि बढ्न तयार हुनेमा विश्वास व्यक्त गर्नुभयो । राजनीतिमा मागहरु रणनीतिक हिसाबले अगाडि सारिने भएकाले कांग्रेसको मागको अर्थ नभएको परियारको टिप्पणी छ ।

    कांग्रेसकी सचेतक थिङले चैत १८, १९, २० र २१ गते लगातार प्रतिनिधि सभाको बैठक चलाउने क्यालेन्डर बनाएको जानकारी दिनुभएको छ । प्रतिपक्षी दलको तर्फबाट राजनीतिक दलसम्बन्धी विधेयक विवादमा जोडिएको हुनाले अहिले नल्याउने र त्यसलाई २७ गते सार्ने प्रस्ताव गरेको पनि उहाँले जानकारी दिनुभयो ।

    यस्तै बैठकले चैत २७, २८ र २९ गते पनि लगातार बैठक राख्ने क्यालेन्डर बनाएको एमाले प्रमुख सचेतक बर्तौलाले जानकारी दिनुभयो। भोलि ११ बजे प्रतिनिधि सभा बैठक बस्नुअघि बिहान सवा १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।


    शनिवार, चैत्र १७ २०८००८:२०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij