काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले सरकारले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई संरक्षण गरिरहेको गम्भिर आरोप लगाउनुभएको छ।
आज काठमाडौंमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद केसीले अहिले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताउनु भयो।
उहाँले अहिल राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ अघि बढिरहेको जिकिर गर्नुभयो। उहाँले नागरिकहरुमा निराशा छाएको बताउनुभयो।
उहाँले जनतामा निराशा र अनुन्तुष्टि आइरहेको भन्दै बिस्तारै समाज बिद्रोह र अराजकतातिर उन्मुख भइरहेको बताउनुभयो। सांसद केसीले अहिले सरकार सरकार जसरी र संसद संसद जसरी सञ्चालन हुन नसकेको बताउनुभयो।