Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गृह मन्त्रालय तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न निर्मम छ : गृहमन्त्री लामिछाने

गृह मन्त्रालय तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न निर्मम छ : गृहमन्त्री लामिछाने

  • शनिवार, चैत्र १७ २०८०

  • 567
    SHARES

  • गृह मन्त्रालय तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न निर्मम छ : गृहमन्त्री लामिछाने

    काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय तस्करी तथा राजश्व चुहावट नियन्त्रण गर्ने कुरामा निर्मम भएर लागि परेको बताउनु भएको छ।

    आज इलाममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दाबी गर्नुभयो।

    उहाँले आम नागरिकको शान्ति सुरक्षा आफूको चासोको विषय रहेको बताउँदै इलाममा लागूऔषधमा निकै ठुलो समस्या र चुनौती रहेको बताउनुभयो।

    उहाँले इलाममा डरलाग्दो आत्महत्याको तथ्याङ्क आएको भन्दै यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले स्थानीय र राष्ट्रिय चुनौतीहरूसँग जुध्नको लागि सबै प्रतिबद्ध हुन जरुरी रहेको बताउनुभयो।

    उपप्रधानमन्त्री लामिछानेले राजनीतिको भविष्यको प्रवाह नगरी सिङ्गो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिबद्धताका साथ आफूहरू सरकारमा आएको बताउनुभयो।

     


    शनिवार, चैत्र १७ २०८००५:३५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij