Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको नेतृत्वमा केही दिनमै नयाँ सत्ता गठबन्धन बन्छः डा. शेखर कोईराला

कांग्रेसको नेतृत्वमा केही दिनमै नयाँ सत्ता गठबन्धन बन्छः डा. शेखर कोईराला

  • शनिवार, चैत्र १७ २०८०

  • 2.2K
    SHARES

  • कांग्रेसको नेतृत्वमा केही दिनमै नयाँ सत्ता गठबन्धन बन्छः डा. शेखर कोईराला

    काठमाडौं। नेपाली कांगेसका नेता डा. शेखर कोईरालाले छिट्टै कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्ने बताउनु भएको छ। आज काठमाडौंमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गर्नुभएको हो।

    उहाँले अहिले नयाँ सत्तासमिकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै नेता कोईरालाले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताउनुभएको हो। कांग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोईरालाको भनाई थियो ।

    नेता कोईरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत राख्नुभयो । राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरेमात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिनसक्ने नेता कोइरालाले बताउनुभयो।

    उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राख्नुभयो। नेता कोईरालाले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरेपनि त्यसलाई लागू हुन नदिने जिकिर पनि गर्नुभयो ।

    नेता कोईरालाले पीडितमैत्री भएमात्रै संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित गर्न नेपाली काँग्रेसले साथ दिने स्पष्ट पार्नुभयो । मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री भएमात्रै सो विधेयक संसदबाट पास गराउन आफ्नो पार्टीले सरकारलाई साथ दिने उहाँको धारणा थियो ।

     


    शनिवार, चैत्र १७ २०८००५:२९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij