Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

किन आकासियो सुनको मूल्य, यस्तो छ कारण

किन आकासियो सुनको मूल्य, यस्तो छ कारण

  • शुक्रवार, चैत्र १६ २०८०

  • 2.1K
    SHARES

  • किन आकासियो सुनको मूल्य, यस्तो छ कारण

    काठमाडौं । बिहीबार र शुक्रबार लगातार बढेको सुनको भाउले नयाँ कीर्तिमान राखेको छ । साताको तेस्रो दिन सामान्य घटेको मूल्य त्यसपछिका दिनमा क्रमशः बढेर शुक्रबार हालसम्मकै उच्च अर्थात् तोलाको १ लाख ३० हजार रुपैयाँ पुगेको छ । प्रति १० ग्राम सुनको मूल्य १ लाख ११ हजार ४५५ पुगेको छ ।

    साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा थियो, दोस्रो दिन सोमबार प्रति १० ग्रामको १ लाख ८ हजार ६ सय २५ रुपैयाँ (प्रतितोला १ लाख २६ हजार ७ सय) मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अमेरिकी डलरको मूल्यमा देखिएको मजबुतिसँगै त्यसको प्रभाव सुनको मूल्यमा देखिएको हो ।

    अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले यसको मूल्य तय गरिरहेको हुन्छ । खासगरी विश्वका ठूला लगानीकर्ताले गर्ने लगानीका आधारमा सुनको मूल्य समेत प्रभावित बन्ने गर्छ । यो साता चाँदीको मूल्यसमेत बढेको छ । साताको दोस्रो दिन सोमबार प्रतितोला १ हजार ५ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १ हजार ५ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।


    शुक्रवार, चैत्र १६ २०८००२:२३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij