Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘महिला सशक्तीकरणमा सन्तुष्ट हुने बेला आएको छैन’ : प्रधानमन्त्री प्रचण्ड

‘महिला सशक्तीकरणमा सन्तुष्ट हुने बेला आएको छैन’ : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, चैत्र १६ २०८०

  • 486
    SHARES

  • ‘महिला सशक्तीकरणमा सन्तुष्ट हुने बेला आएको छैन’ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको क्षेत्रमा सन्तुष्ट हुने बेला अझै नभएको बताउनु भएको छ।

    नेपाली महिला उद्यमी महासंघको हेटौंडामा आयोजित सातौँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै आज उहाँले विगतको तुलनामा महिलाहरुको अवस्था सुदृढ हुँदै गएपनि सन्तोषजनक नरहेको र अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भएको हो।

    प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘विगतसँग तुलना गर्ने हो भने नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर यो प्रगतिमा सन्तुष्ट हुन सकिने अवस्था अझै छैन, त्यसैले महिला सशक्तीकरणका लागि अझै धेरै काम गर्न बाँकी छ। जुन काम सरकारले र राष्ट्रले मात्र गरेर सम्भव हुँदैन। यसमा सबैको हातेमालो आवश्यक छ।’

    उहाँले आजको समयमा सशक्तीकरण शक्तिसँग जोडिन गएको भन्दै त्यसमा महिला उद्यमीको भूमिका महत्वपूर्ण रहेको बताउँदै आजको समयमा अर्थतन्त्रसँग नजोडिकन साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने बताउनुभयो।


    शुक्रवार, चैत्र १६ २०८००१:२७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij