Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

दुर्गा प्रसाईंको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

  • शुक्रवार, चैत्र १६ २०८०

  • 696
    SHARES

  • दुर्गा प्रसाईंको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका अनुसार सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको हो।

    समितिमा उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन्। प्रसाईंका दुईजना व्यक्तिगत सुरक्षागार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जि.एस.जी–५’ सहित पक्राउ परेका थिए।

    त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए।छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

    हतियार इजाजतपत्र र नवीकरण सम्बन्धमा छानबिन गरेर दोषीलाई कारबाहीको सिफारिस गर्न समितिलाई कार्यदेश दिइएको छ।व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त हातहतियारको प्रयोग सम्बन्धी मापदण्ड बनाउन पनि समितिलाई कार्यादेश दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    हतियार नवीकरण र कानूनी अभ्यासको विष्लेषण गरेर ऐनमा गर्नुपर्ने सुधारका विषयहरु पहिचान गर्न समितिलाई भनिएको छ।


    शुक्रवार, चैत्र १६ २०८०१२:३८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij